गृहपृष्ठ सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने नबिल बैँकको प्रस्ताव
सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने नबिल बैँकको प्रस्ताव
नबिल बैँकले सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैँकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफबाट ३३.५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैँकको स्वीकृत र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
प्रकाशित समय १५:२२ बजे

















