गृहपृष्ठ लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी बैँकले बोलायो साधारण सभा

लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी बैँकले बोलायो साधारण सभा

LaxmiBank-newskarobar

लक्ष्मी बैँकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते २०औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा बैँकको प्रधान कार्यालय हात्तीसारमा बिहान ११:३० बजे सुरु हुनेछ ।

साधारण सभाले चुक्ता पुँजीको ९ प्रतिशतका दरले बोनस सेयर र करसहित २.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, उपयुक्त बैँक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी सम्पूर्ण काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैँकले १७ गते बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउनुका साथै बैँकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कोभिड १९ महामारीलाई ध्यानमा राखेर सेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागिता जनाउन बैँकले अनुरोध गरेको छ ।

प्रकाशित समय १५:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु