गृहपृष्ठ एलआईसी नेपालको ‘न्यु जीवन तरंग’ बिमा योजना सार्वजनिक

एलआईसी नेपालको ‘न्यु जीवन तरंग’ बिमा योजना सार्वजनिक

एलआईसी नेपालले ‘न्यु जीवन तरंग’ नामक बिमा योजना सार्वजनिक गरेको छ । बिमितको उमेर हद १०० वर्ष रहँदासम्म रक्षावरण गर्ने योजनासहितको पोलिस कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले सार्वजनिक गरेका हुन् ।

यस्तै, यो योजनामा सहभागी बिमितले ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ र स्थायी अशक्ततासम्बन्धी लाभसमेत पाउनेछन् । योजनाअन्तर्गत १५ देखि ६० वर्षसम्मका बिमितले लाभ लिन सक्नेछन् । न्यूनतम बिमांक २ लाख रुपैयाँ तोकिएको छ भने अधिकतम अन्डरराइटिङको नियमअनुसार लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दासले बिमितले अवकासपछि पेन्सन पाउने तथा आर्थिक सबलतामा बिमाले सघाउने बताए ।

प्रकाशित समय १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु