गृहपृष्ठ सफा टेम्पोमा प्रभु बैँकको क्युआर कोड सेवा

सफा टेम्पोमा प्रभु बैँकको क्युआर कोड सेवा

प्रभु बैँकले मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई सहज हुने गरी काठमाडौँ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यूआर कोडमार्पmत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैँकका मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले पनि उपभोग गर्न सक्नेछन् ।

क्यूआर कोड सेवा प्रभु बैँक र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौँ उपत्यकामा महिला सवारी चालकद्वारा सञ्चालन हुने सफा टेम्पोमा उपलब्ध हुने बैँकले जनाएको छ । प्रभु बैँकले सञ्चालनमा ल्याएको क्यूआर कोड सेवाबाट यात्रुले भाडा भुक्तानी गर्नका लागि नगद बोक्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् । यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैँकले विश्वास लिएको छ ।

प्रकाशित समय २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु