गृहपृष्ठ काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन

कोणसभामा नेता सिंह ।

प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशैभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा सोमबार प्रदर्शन गरिरहेको हो । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका विभिन्न १५ स्थानमा नारा जुलुससहित प्रदर्शनपछि अहिले कोण सभा गरिरहेको छ । कोणसभामा कांग्रेसका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

भक्तपुरको थिमीमा हुने सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले सम्बोधन गर्ने कार्यक्रम छ । क्षेत्र नं. १ को कार्यक्रम बानेश्वरस्थित होटल एभरेष्ट अगाडिको कोणसभालाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गरिहेका छन् । क्षेत्र नं. २ कोटेश्वरमा प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम छ । क्षेत्र नं. ३ को जोरपाटी चोक, ४ को नारायणचौर नक्साल, ५ को नारायणगोपाल चोक महाराजगञ्ज, ६ को मनमैजु लोकतान्त्रिक चोक, ७ को बालाजु चोक, ८ को बसन्तपुर डबली, ९ को कलंकी चोक र १० को कीर्तिपुर बजारमा प्रदर्शनपछि सभा हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित समय १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु