गृहपृष्ठ प्रभु बैंकद्वारा ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात

प्रभु बैंकद्वारा ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात

प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त तथा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्लेटफर्ममार्फत बैंकमा नगई आफैँले फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत connect IPS अथवा NCHL-IPS मा रियल-टाइम वा नन-रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन् ।

corporatePAY मा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र स्वीकृति लगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ । यसपश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैँले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नताबिना नै गर्न सक्दछन् । सो सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँचपश्चात प्रोसेस हुने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउन multi-layer authentication को सुरक्षित व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार कुनै पनि कारोबार प्रविष्ट गर्न र अप्रुभ गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र गर्न पाउनेगरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै ग्राहकले आवश्यकतकाअनुसार यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।

यस corporatePAY प्रणालीको सुरुवातले आफ्ना व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने बैंकको विश्वास छ । यस प्रणालीको प्रयोग र विस्तारपश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अनलाइनमै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।

प्रकाशित समय १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु