गृहपृष्ठ लक्ष्मी बैँकको ५० हजार पुरस्कारको ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिता घोषणा
लक्ष्मी बैँकको ५० हजार पुरस्कारको ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिता घोषणा
लक्ष्मी बैँकले ५० हजार पुरस्कार राशिको ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिता घोषणा गरेको छ । डिजिटल डिसेम्बर अभियानअन्तर्गत डिजिटल बैँकिङका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले माई मोबाइल भिडियो प्रतियोगिताको घोषणा गरिएको बैँकले जनाएको छ ।
प्रतियोगिताअन्तर्गत सहभागीले लक्ष्मी बैँकको मोबाइल बैँकिङ सेवासम्बन्धी सिर्जनात्मक भिडियो तयार गरी पठाउन पर्नेछ । प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सिर्जनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताका आधारमा विजेता घोषणा गरिने बैँकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय ०८:०६ बजे

















