गृहपृष्ठ लाभांश पारित गर्न इन्भेस्टमेन्ट बैँकले डाक्यो साधारण सभा

लाभांश पारित गर्न इन्भेस्टमेन्ट बैँकले डाक्यो साधारण सभा

नेपाल इन्भेस्टमेन्ट बैँकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ । बैँकले माघ ८ गते बिहीबार बिहान १० बजे केन्द्रीय कार्यालय दरबारमार्गमा ३४औँ वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभाले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, बैँकको प्रबन्ध पत्र संशोधन गरी अधिकृत पुँजी बढाएर १८ अर्ब पुर्‍याउने, अन्य उपयुक्त बैँक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीमध्येबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक निर्वाचन गर्नेलगायतका प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैँकले पुस २२ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म सेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) गर्नेछ । पुस २१ गतेसम्म नेप्सेमा करोबार भई कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित समय १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु