गृहपृष्ठ लिबाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आइएमई बैँकको एटीएम

लिबाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आइएमई बैँकको एटीएम

ग्लोबल आइएमई बैँकले रोल्पाको लिबाङस्थित आर्मी ब्यारेक परिसरमा एटीएम सेवा सुरु गरेको छ । नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैँकको एटीएम संख्या २४० पुगेको छ ।

एटीएम सेवाको खड्गदल गण लिबाङ रोल्पाका प्रमुख सेनानी सुधिर केसीले उद्घाटन गरेका छन् । बैँकले रोल्पाको सातदोबाटो, खुमेल, बम्रुकलगायत क्षेत्रका ग्राहकलाई लक्षित गरी एटीएम सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रकाशित समय १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु