गृहपृष्ठ चन्द्रागिरि हिल्सको आईपीओ पुस २४ गतेदेखि

चन्द्रागिरि हिल्सको आईपीओ पुस २४ गतेदेखि

चन्द्रागिरि हिल्सले पुस २४ गतेदेखि सर्वसाधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्कासन गरी बाँडफाँड गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गर्नेछ, त्यसमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले १३ लाख ९६ हजार २२ कित्ता सेयरमा आवेदन दिनुपर्नेछ ।

इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन पुस २४ गतेदेखि छिटोमा २८ गतेसम्म दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो । आईपीओ जारीपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । सेयर पाइसकेका स्थानीयले पुनः आवेदन दिन पाउने छैनन् ।

प्रकाशित समय १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु