गृहपृष्ठ स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ

फाइल तस्बिर ।

काठमाडौंको नागढुंगाबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको निजी गाडीबाट सो रकमसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

पक्राउ पर्ने भारतीय नागरिक अमितकुमार गुप्ताबाट हुन् । गुप्तामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु