गृहपृष्ठ लुम्बिनी विकास बैँकको १० प्रतिशत लाभांश पारित
लुम्बिनी विकास बैँकको १० प्रतिशत लाभांश पारित
लुम्बिनी विकास बैंक लिमिटेडले आइतबार आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष (आव) २०७६/७७ को वार्षिक प्रतिवेदन, आव २०७७/७८को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । आव २०७६/७७ सम्मको नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत नगद लाभांश (करसहित) र ७ प्रतिशत बोनस सेयरसहित कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न साधारणसभामा बैंकले कोभिड- १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सेयरधनीरुलाई सहभागी गराएको थियो । सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आव २०७६/७७को वार्षिक प्रतिवेदनउपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुखकार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पारेका थिए ।
बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभर सातै प्रदेशमा अवस्थित ६९ शाखा कार्यालय र १७ वटा एटीएमबाट आफ्ना करिब २ लाख ६४ हजार ग्राहकलाई उच्चस्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकले आफ्ना ग्राहकलाई निशुःल्क डेविट/एटीएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटीएमबाट रकम झिक्दा अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।
प्रकाशित समय १७:०८ बजे

















