गृहपृष्ठ स्रोत नखुलेको ३२ लाख नगदसहित पक्राउ

स्रोत नखुलेको ३२ लाख नगदसहित पक्राउ

स्रोत नखुलेको झण्डै ३२ लाख नगदसहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका- २२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो ।

कपडाको झोलाभित्र सो रकम बोकेर ल्याएको अवस्थामा यादवलाई पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि बरामद गरिएको नगदसहित यादवलाई सम्पत्ती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु