गृहपृष्ठ स्मार्ट च्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैँकबीच सम्झौता
स्मार्ट च्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैँकबीच सम्झौता
स्मार्ट च्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेन्ट बैँकबीच भुक्तानी र फर्छ्योटको क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा आइतबार स्मार्ट च्वाइसका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र सप्तकोशी डेभलपमेन्ट बैँकका प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीले हस्ताक्षर गरेका छन् ।
धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशी डेभलपमेन्ट बैँकले प्रदेश १ का सात जिल्लामा शाखा सञ्जालमार्फत सर्वसाधारणलाई बैँकिङ सेवा प्रदान गर्दै आएको छ । स्मार्टच्वाइस टेक्नोलोजिजसँगको सहकार्यबाट सप्तकोशी डेभलपमेन्ट बैँकले ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने विश्वास लिएको छ ।
प्रकाशित समय ०८:१४ बजे

















