गृहपृष्ठ कञ्चनपुरमा ग्लोबल आइएमई बैँकको शाखारहित बैँकिङ इकाइ स्थापना
कञ्चनपुरमा ग्लोबल आइएमई बैँकको शाखारहित बैँकिङ इकाइ स्थापना
ग्लोबल आइएमई बैँकले कञ्चनपुरको कलुवापुर बजारमा शाखारहित बैँकिङ इकाइ स्थापना गरेको छ । बैँकले कृष्णपुर नगरपालिका ७ कलुवापुर बजारमा सञ्चालनमा ल्याएको शाखारहित बैँकिङ इकाइको कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर गैराल तथा बैँकको सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्दप्रसाद भट्टले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
शाखारहित बैँकिङ इकाइको प्रतिनिधिमा गंगाराम रानालाई नियुक्त गरिएको छ । शाखारहित बैँकिङ इकाइबाट स्थानीय प्रतिनिधिमार्फत निक्षेप खाता खोल्न, तोकिएको सीमासम्मको रकम जम्मा गर्न तथा झिक्न, खातामा रहेको मौज्दातबारे जानकारी लिन, कर्जाको ब्याज भुक्तानी गर्न, एनटीसी, डिसहोम, सीडीएमए, यूटीएल, एनसेलको महसुल भुक्तानी गर्न सकिनेछ ।
प्रकाशित समय ०७:०७ बजे

















