गृहपृष्ठ सहुलियतपूर्ण कर्जाका लागि मेगा बैँक र महिला उद्यमशील महासंघबीच सम्झौता

सहुलियतपूर्ण कर्जाका लागि मेगा बैँक र महिला उद्यमशील महासंघबीच सम्झौता

नेपाल महिला उद्यमशील महासंघसँग आबद्ध महिलालाई सहुलियतपूर्ण कर्जा दिने गरी मेगा बैँक र महासंघबीच सम्झौता भएको छ । बैँकले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले महासंघसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैँककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका छन् ।कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा बैँकका सबै शाखा कार्यालयबाट छिटोछरितो ढंगले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । महासंघकी अध्यक्ष बुढाथोकीले मेगा बैँकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले सहकार्य गरिएको बताइन् ।

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु