गृहपृष्ठ गुडविल फाइनान्सको लाभांश पारित
गुडविल फाइनान्सको लाभांश पारित
गुडविल फाइनान्सको लाभांश पारित भएको छ । कम्पनीको बुधबार सम्पन्न २६औँ साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत लाभांश पारित गरेको हो ।
कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफबाट लगानीकर्तालाई ८.४ प्रतिशत बोनस तथा ३.६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको थियो । साधारण सभामा अध्यक्ष विश्वप्रकाश साखले कम्पनीले गत आवको तुलनामा निक्षेप २३.१८ प्रतिशतले बढाएर ८ अर्ब ४९ करोड पुर्याएको तथा कर्जा १५.८८ प्रतिशतले बढाएर ६ र्अब ८४ करोड पुर्याएको जानकारी दिए ।
प्रकाशित समय ०७:१५ बजे

















