गृहपृष्ठ सेञ्चुरी कमर्सियल बैँकको दुई वर्षको लाभांश पारित
सेञ्चुरी कमर्सियल बैँकको दुई वर्षको लाभांश पारित
सेञ्चुरी कमर्सियल बैँकको साधारण सभाबाट दुई आर्थिक वर्षको लाभांश पारित भएको छ । बैँकको बुधबार सम्पन्न नवौँ तथा दसौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको हो ।
सञ्चालक समितिले अघिल्लो आवको नाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत नगद र २ प्रतिशत बोनस तथा गत आवको नाफाबाट २.२५ प्रतिशत नगद र ५.२५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाटलगायतका प्रतिवेदन पारित गरेको छ । साधारण सभाबाट संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्न तीन जना सञ्चालक रमेशकुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।
चालू आवको असोज मसान्तसम्म सेञ्चुरी कमर्सियल बैँकले कुल निक्षेप ८२.४२ अर्ब संकलन गरेको छ भने कर्जा रकम ६६.९३ अर्ब परिचालन गरेको छ । बैँकले पहिलो त्रैमासमा २२ करोड २ लाख नाफा आर्जन गरेको छ ।
प्रकाशित समय ०७:४९ बजे

















