गृहपृष्ठ सेञ्चुरी कमर्सियल बैंकले दुई आर्थिक वर्षको लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्सियल बैंकले दुई आर्थिक वर्षको लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्सियल बैंक (CCBL)को पुस २९ गते सम्पन्न नवौं तथा दशौं वार्षिक साधारण सभाले  लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले आर्थिक २०७५/७६ को मुनाफाबाट ६.७५ र आव २०७६/७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांश वितरण गर्ने भएकाे हाे ।

साधारण सभाले सेयरधनीहरुलाई आव २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँमा ४.७५ प्रतिशत नगद लाभांश (करसहित) र २ प्रतिशत बोनश सेयर तथा उक्त बोनश सेयर वितरणपश्चात् हुन आउने चुक्ता पुँजी रकम ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँमा आव २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ । संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना सञ्चालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठ सभाबाट निर्वाचित भएका छन् ।

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्ब रुपैयाँ र कर्जा रकम ६६.९३ अर्व रुपैयाँ परिचालन गरी २२.०२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रकाशित समय १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु