गृहपृष्ठ नेपाल बंगलादेश बैँकको नयाँ शाखा भक्तपुरको सिरुटारमा
नेपाल बंगलादेश बैँकको नयाँ शाखा भक्तपुरको सिरुटारमा
नेपाल बंगलादेश बैँकले भक्तपुरको सूर्यविनायक नगरपालिका १, सिरुटारमा शाखा स्थापना गरेको छ । नयाँ शाखाको उद्घाटन नेकपाका नेता एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले बुधबार गरेका छन् ।
बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरेको शाखासँगै एटीएम काउन्टर पनि खोलेको छ । नयाँ शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानीलगायत सम्पूर्ण बैँकिङ सेवा प्राप्त गर्ने बैँकले जनाएको छ । सिरुटार शाखासहित बैँकका देशभर ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर र ८२ वटा एटीएम छन् ।
प्रकाशित समय १४:१५ बजे

















