गृहपृष्ठ हिरो मोटोकर्पद्वारा १० करोडभन्दा धेरै टु ह्विलर्स उत्पादन
हिरो मोटोकर्पद्वारा १० करोडभन्दा धेरै टु ह्विलर्स उत्पादन
मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माण कम्पनी हिरो मोटोकर्पले १० करोडभन्दा धेरै सवारी साधन उत्पादन गरेको इतिहास बनाएको छ । यो असाधारण उपलब्धि हासिल गर्ने हिरो मोटोपर्क पहिलो भारतीय अटोमोटिभ उत्पादक बनेको कम्पनीको दाबी छ ।
यसै अवसरमा १०० मिलियन बाइक, एक्सट्रिम १६०आर, उत्तर भारतीय पहाडी राज्य उत्तराखण्डको हरिद्वारमा कम्पनीको निर्माण संयन्त्रबाट सार्वजनिक गरिएको छ । हिरो मोटोकर्पले विश्वको सबैभन्दा ठूलो टु ह्विलर निर्माताको उपाधि कायम गरेको यो लगातार २०औं वर्ष पनि हो ।
हिरो मोटोकर्पको यो उपलब्धी, कुल सञ्चित १० करोड (१०० मिलियन)को उत्पादनको लक्ष्य हासिल भएको तीव्र विश्वव्यापी उपलब्धिमध्ये एक हो, जसमध्ये ५ करोड इकाई केवल सात वर्षको अवधिमा उत्पादन भएका हुन् ।
दिगो वृद्धिमा केन्द्रित रहेको हिरो मोटोकर्पले विश्वभरिका समुदायका लागि मूल्य निर्माणका साथै आफ्नोे बिक्री, अनुसन्धान र विकास (आर एन्ड डी) र निर्माणको पारिस्थितिक प्रणालीसँग आर्थिक गुणकको रूपमा काम गरिरहेको छ । यसै अवसर पारेर हिरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. पवन मुन्जालले दिल्ली राष्ट्रिय राजधानी क्षेत्र (नेसनल क्यापिटल रिजन–एनसीआर) को गुडगाउँस्थित कम्पनीको निर्माण संयन्त्रमा ६ वटा नयाँ विशेष उत्सव संस्करण मोडेलहरूको अनावरण गरेका छन् । ६ वटा उत्सव संस्करण मोडेलहरूमा मोटरसाइकलतर्फ स्प्लेन्डर प्लस, एक्सट्रिम १६०आर, प्यासन प्रो, ग्लामर र स्कुटरहरूतर्फ डेस्टिनी १२५, मास्ट्रो एज ११० सामेल छन्, जुन २०२१ को फेब्रुअरीदेखि बिक्री हुनेछ ।
ग्राहक, डिलर, वितरक, लगानीकर्ता, आपूर्तिकर्ता (सप्लायर), कर्मचारी, ग्राहक र मिडियालगायत विश्व समुदायलाई सम्बोधन गर्दै डा. मुंजालले आगामी पाँच वर्षका लागि हिरो मोटोकर्पको योजना र दृष्टिकोण सार्वजनिक गरे । यो अवधिमा कम्पनीले आफ्नो नेतृत्वदायी स्थितिमा अझ सुदृढीकरण गर्ने, विश्वव्यापी उपस्थिति विस्तार गर्ने, रोमाञ्चक र सान्दर्भिक उत्पादनहरू बजारमा ल्याउने र इनोभेटिभ उत्पादनका अवधारणामा काम गर्ने लक्ष्य रहेको उनले बताए ।
१०० मिलियन (१० करोड)को यात्रा
सन् १९९५– पहिलो १० लाख
सन् २००१– ५० लाख
सन् २००४– १ करोड
सन् २००८– २ करोड ५० लाख
सन् २०१३– ५ करोड
सन् २०१७– ७ करोड ५० लाख
सन् २०२१– १० करोड
भारतको नयाँ दिल्लीमा केन्द्रीय कार्यालय रहेको हिरो मोटोकर्प एक वर्षमा एकल कम्पनीले बेचेका एकाईका आधारमा विश्वको मोटरसाइकल र स्कुटरको सबैभन्दा ठूलो निर्माता हो, यो स्थान लगातार २० वर्षदेखि कायम छ । हिरो मोटोकर्पले हाल एसिया, अफ्रिका, मध्यपूर्व र दक्षिण र मध्य अमेरिकाका ४० भन्दा बढी देशमा आफ्ना उत्पादन बिक्री गर्दै आएको छ । हिरो मोटोकर्पका भारतमा ६ वटा तथा कोलम्बिया र बंगलादेशमा एक–एक वटा उत्पादन प्लान्ट छन् ।
प्रकाशित समय २०:५४ बजे

















