गृहपृष्ठ ज्योति विकास बैँकले भन्यो- भ्रमपूर्ण समाचारले समस्या
ज्योति विकास बैँकले भन्यो- भ्रमपूर्ण समाचारले समस्या
ज्योति विकास बैँकले सञ्चारमाध्यममा गलत र भ्रमपूर्ण समाचार प्रकाशन गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । विभिन्न अनलाइन पत्रिकामा नेपाल राष्ट्र बैँकसँग जोडेर ज्योति विकास बैँकले घोटाला गरेको जस्ता भ्रामक समाचार प्रकाशन भएको भन्दै बैँकले यस्ता समाचारले सञ्चारमाध्यमको विश्वसनीयतामा समेत आँच आउन सक्ने बताएको छ ।
तथ्यहीन समाचारले बैंकको साखमा प्रभाव पारेको र डिजिटल पत्रपत्रिकाहरुमा विभिन्न समयमा यस्ता समाचार प्रकाशन हुँदै आएकोप्रति बैँकले ध्यानाकर्षण भएको जनाएको छ । आधारहीन समाचार सम्प्रेषणप्रति आपत्ति जनाउँदै बैँकले आवश्यक परे कानुनी उपाचारमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ ।
प्रकाशित समय १५:३२ बजे

















