गृहपृष्ठ महासंघको कर तथा राजस्व समिति बिस्तार
महासंघको कर तथा राजस्व समिति बिस्तार
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको कर तथा राजस्व समिति विस्तार भएको छ । समितिको सहपतिहरुमा महासंघको कार्यकारिणी समितिका सदस्यहरु सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, पूर्व कारिणी समिति सदस्य कृष्ण प्रसाद दुलाल र लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठ चयन भएका छन् । समितिमा सदस्यहरु समेत चयन भएका छन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यहरूलाई औपचारिक पत्र हस्तान्तरण गर्दै उद्यमी व्यवसायीहरुका समस्या तथा कठिनाई पहिचान गरी निराकरणमा समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए । अध्यक्ष गोल्छाले समितिको जिम्मेवारी निकै गहन भएकाले समितिले हासिल गर्ने प्रगति वर्तमान कार्यकालको सफलतासँग समेत जोडिएकाले समितिले सोहीअनुसार कार्य गर्नेमा आफू विश्वस्त रहेको बताउँदै महासंघ सचिवालयमा कर राजस्वसम्बन्धी समस्या एवं गुनासो सम्बोधन गर्न एक इकाई स्थापना गर्ने योजना रहेको पनि जानकारी गराए ।

प्रकाशित समय १७:५८ बजे

















