गृहपृष्ठ कर्णाली डेभलपमेन्ट बैंक पनि नेपाल क्लियरिङ हाउसमा आबद्ध

कर्णाली डेभलपमेन्ट बैंक पनि नेपाल क्लियरिङ हाउसमा आबद्ध

कर्णाली डेभलपमेन्ट बैंक अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आईपीस र कनेक्ट आरजीटीएसका लागि नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँग आबद्ध भएको छ । सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतले हस्ताक्षर गरेका छन् ।

एनसीएचएल आईपीएस प्रणालीमार्फत बैंकले ग्राहकको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तरबैंक कारोबार गर्न सक्छन् भने कनेक्ट आरटीजीए प्रणालीमार्फत ठूलो मूल्यका र तत्काल गरिने भुक्तानी एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थामा गर्न सक्नेछन् । बैंकका ग्राहकले अब कनेक्ट आईपीएसको वेब र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाइन भुक्तानी पनि गर्न सक्नेछन् ।

प्रकाशित समय १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु