गृहपृष्ठ कृषि विकास बैँकको नाफा १ अर्ब ३२ करोड
कृषि विकास बैँकको नाफा १ अर्ब ३२ करोड
कृषि विकास बैँकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा गरेको छ । बिहीबार सार्वजनिक दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १६.४४ प्रतिशत कम हो । गत वर्षको सोही अवधिसम्ममा बैँकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैँकको खुद ब्याज आम्दानी २९ करोड १५ लाख घटेर २ अर्ब ८८ करोड रुपैयाँमा र सञ्चालन नाफा २४ करोड ५१ लाख घटेर १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ रहेको बैँकको जगेडा कोषमा ९ अर्ब ९८ करोड १३ लाख रुपैयाँ छ ।
बैँकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैँकको प्रतिसेयर आम्दानी २५.८२ रुपैयाँबाट घटेर २१.९ रुपैयाँमा झरेको हो । ६ महिनामा बैँकको निक्षेप १ खर्ब ४३ अर्ब ६२ करोडबाट बढेर १ खर्ब ४४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ खर्ब २१ अर्ब ८४ करोडबाट बढेर १ खर्ब ३२ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
बैँकको आधार दर १०.१७ प्रतिशतबाट ७.६७ प्रतिशतमा र स्प्रेड दर ५.२९ प्रतिशतबाट ४.३७ प्रतिशतमा झरेको छ ।
प्रकाशित समय १४:०९ बजे

















