गृहपृष्ठ पूर्वगृहसचिव सिलवाललाई बिमा समितिको जिम्मा
पूर्वगृहसचिव सिलवाललाई बिमा समितिको जिम्मा
सरकारले बिमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । बिमा क्षेत्रको नियामक निकायमा सरकारले बजारको अपेक्षाविपरीत राजनीतिक नियुक्ति दिएको छ ।
पूर्व गृहसचिव सिलवाल बिमा क्षेत्रका लागि विल्कुलै नयाँ हुन् । तत्कालीन अध्यक्ष चिरञ्जीवी चापागाईंको पदावधि पुस २३ गते सकिएपछि बिमा समिति नेतृत्वविहीन बनेको थियो ।
प्रकाशित समय ०८:०२ बजे

















