गृहपृष्ठ भृकुटीमण्डपमा जुत्ता-चप्पल व्यापार मेला सुरु

भृकुटीमण्डपमा जुत्ता-चप्पल व्यापार मेला सुरु

प्रर्दशनी मार्गस्थित  भृकुटीमण्डपमा जुत्ता-चप्पल व्यापार मेला तथा प्रदर्शनी २०७७ बुधबारदेखि सुरु भएको छ । ‘स्वदेशी वस्तुको प्रवर्द्धन, हाम्रो अभियान’ भन्ने मुलनारा साथ मेला सञ्चालन गरिएको हो । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले आयाेजना गरेको यो प्रदर्शनी कोभिड पछिकै पहिलो बृहत मेला भएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । उनले भने, ‘कोभिडका कारण आयात निर्यात बन्द भएको अवस्थामा पनि स्वदेशी उत्पादनले माग धानेको र आगामी दिनमा स्वदेशमा मात्रै नभएर आकर्षक तथा नयाँ डिजाइनका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको उत्पादन गरी बिदेशमा अझै निर्यात गर्न सके अर्थतन्त्रमा सहयोग पुग्छ ।’

उनले बिगतको मेलाभन्दा अहिलेको मेलामा देशकै उत्कृष्ट ब्राण्डहरुको सहभागिता रहेकोमा खुशी व्यक्त गर्दै ग्राहकहरुलाई स्वदेशी उत्पादनको प्रयोग गरी देशलाई आत्मनिर्भर हुन सहयोग पुर्याउन आग्रह गरे । मेलामा स्वदेशी  ब्राण्डहरु फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक/आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायत सहभागी छन् । एक्स्पोमा उपभोक्ताहरुले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका वस्तुहरु अवलोकन गरि मूल्यांकन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मूल्यमा खरिद गर्ने अवसर पाउनेछन् । मेला आगामी फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित समय ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु