गृहपृष्ठ सिरहाको कल्याणपुरमा सनराइज बैंकको शाखारहित बैंकिङ इकाइ स्थापना

सिरहाको कल्याणपुरमा सनराइज बैंकको शाखारहित बैंकिङ इकाइ स्थापना

सनराइज बैंकले सिराहाको कल्याणपुर नगरपालिका ७ भेडियामा शाखारहित बैंकिङ इकाइ स्थापना गरेको छ । भेडियामा स्थापित शाखारहित बैंकिङ इकाइको प्रतिनिधिमा बैँकले दिपेन्द्र शाहलाई नियुक्त गरेको छ ।

शाखा कार्यालय नभएको ठाँउबाट शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डबाट कारोबार गर्न सकिने बैंकले जनाएको छ । यहाँबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवा लिन सक्नेछन् । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

प्रकाशित समय ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु