गृहपृष्ठ सिटिजन्स बैंकका ग्राहकलाई होटल मेरिडियनमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई होटल मेरिडियनमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियन सुनधारामा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहकले होटल मेरिडियनमा सेवा लिँदा छुट सुविधा पाउने भएका हुन् । बुधबार बैंक र होटलबीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सिटिजन्स बैंकले देशभरका १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब सात लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु