गृहपृष्ठ दाङको लमहीमा ग्लोबल आइएमई बैंकको शाखा स्थापना
दाङको लमहीमा ग्लोबल आइएमई बैंकको शाखा स्थापना
ग्लोबल आइएमई बैंकले दाङको लमहीमा शाखा स्थापना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले शाखाको औपचारिक उद्घाटन गरेका छन् ।
शाखा उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले ‘सबैका लागि बैंक’ भन्ने मूल नारालाई चरितार्थ गर्दै ग्लोबल आईएमई बैंक उद्योगी, व्यवसायी एवं आमसर्वसाधारण सबैको भएको बताएका छन् । स्थानीय स्तरबाट संकलन हुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।
प्रकाशित समय ०८:२७ बजे

















