गृहपृष्ठ सिटिजन्स बैंक र कालिन्चोकस्थित त्रिपुरा रिसोर्टबीच सम्झौता

सिटिजन्स बैंक र कालिन्चोकस्थित त्रिपुरा रिसोर्टबीच सम्झौता

सिटिजन्स बैंकका ग्राहकले कालिन्चोकस्थित त्रिपुरा रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच आइतबार विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतासँगै सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले त्रिपुरा रिसोर्टमा सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित समय ०८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु