गृहपृष्ठ मनाङमा ग्लोबल आइएमई बैंकको शाखा स्थापना
मनाङमा ग्लोबल आइएमई बैंकको शाखा स्थापना
ग्लोबल आइएमई बैंकले मनाङको ङिस्याङ गाउँपालिका ४ मनाङ बजारमा शाखा स्थापना गरेको छ । यससँगै देशभर बैंकको शाखा कार्यालय संख्या २७० पुगेको छ । यसबाहेक बैँकका २४२ एटीएम, २४५ शाखारहित बैंकिङ इकाइ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा बैदेशिक प्रतिनिधि कार्यालय छन् ।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । ‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै आएको बैंकका २२ लाखभन्दा बढी ग्राहक छन् ।
प्रकाशित समय १०:३६ बजे

















