गृहपृष्ठ भरुवा बन्दुकसहित तीन पक्राउ
भरुवा बन्दुकसहित तीन पक्राउ
गौशाला- बर्दिबासबाट प्रहरीले आज चार थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१४ बस्ने वेदबहादुर हमाल र टंकु मल्ल तथा बर्दिबास–३ बस्ने लेखबहादुर कालीकोटे रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए । प्रहरीले बर्दिबास–२ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलबाट हमाल र मल्ललाई तीन थान भरुवा बन्दुकसहित तथा बर्दिबास–३ पाटुस्थित आफ्नै घरबाट कालीकोटेलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
सुराकीका आधारमा प्रहरीले तीनै जनालाई हतियारसहित पक्राउ गर्न सफल भएको छ । तीनै जनालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।
प्रकाशित समय १३:५४ बजे

















