गृहपृष्ठ विश्वकप खेल्ने खेलाडी कति दौडन्छन् ?

विश्वकप खेल्ने खेलाडी कति दौडन्छन् ?

मेसी २८, रोनाल्डो ३१ र सालाह ३३ किलोमिटर

विश्वकप फुटबल सुरु भइसकेको छ । विश्वभरका फुटबलप्रेमीले यसलाई महाउत्सवका रुपमा प्रत्यक्ष अवलोकन गरिरहेका छन् । उनीहरु आफूले समर्थन गरेका राष्ट्र र खेलाडीको खेललाई व्यग्रताका साथ पछ्याइरहेका छन् ।

कुनै पनि खेलमा शारीरिक तन्दुरुस्तीको ठूलो महत्व हुन्छ । र, फुटबलमा खेलाडीको दौडिनसक्ने क्षमताले निकै अर्थ राख्छ । प्रतिस्पर्धीमाथि जित हात पार्न यो अति आवश्यक छ । फुटबलका चर्चित खेलाडी कति दौडन सक्छन् त !

सन् २०१८ मा सम्पन्न भएको च्याम्पियन लिगमा खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा इजिप्टका मोहम्मद सालाह सबैभन्दा बढी ३३ किलोमिटर प्रतिघण्टाको  रफ्तारमा दौडन्छन् ।

तर, विश्वचर्चित मेसी, रोनाल्डो र नेइमार यो गति कायम गर्न सक्दैनन् । लियोनेल मेसीको दौडको गति २८ किलोमिटर प्रतिघण्टा छ भने क्रिस्टियानो रोनाल्डो र नेइमार जुनियरको समान ३१ किलोमिटर छ ।

औसतमा ९० मिनेटको एउटा खेलमा एकजना खेलाडी ११.२ किलोमिटर दौडन्छ । निकै प्रतिस्पर्धात्मक हुने भएकाले विश्वकप खेल्ने खेलाडीको ऊर्जा पनि धेरै खपत हुन्छ । यस्तो ऊर्जा पुनः प्राप्त गर्न १२ देखि १४ घण्टासम्म लाग्ने बताइन्छ ।

 को धेरै, को कम दौडन्छन् ?

फुटबलमा सबै खेलाडीले खेल अवधिभर समान गति तय गर्दैनन् । उनीहरुको पोजिसनअनुसार तय गर्ने दुरी समेत फरक फरक हुने गर्दछ । जस्तो गोलकिपर फुटबलमा सबैभन्दा कम दौडने खेलाडी हुन् भने मिडफील्डरहरुले सामान्यतया खेल अवधिभरमा सबैभन्दा बढी दूरी तय गर्छन् ।

 

याे पनि पढ्नुहाेस् ।

कस्तो होला उद्घाटन खेल ?

कसले जित्ला विश्वकप ?

प्रकाशित समय १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु