गृहपृष्ठ कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश दिने
कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश दिने
कामना सेवा विकास बैंकले लगानीकर्तालार्इ १२ प्रतिशत लाभांश बाँड्ने भएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले बोनस ५.५ प्रतिशत र नगद लाभांश ६.५ प्रतिशत वितरण गर्न लागेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी नेपाल राष्ट्र बैंकले तोकेबमोजिम दुर्इ अर्ब ५० करोड रुपैयाँ नाघ्नेछ । हाल बैंकको चुक्तापुँजी दुर्इ अर्ब ३७ करोड रुपैयाँ छ । चुक्तापुँजीको सीमा पार गरेसँगै कामना सेवाले नगद लाभांशमा जोड दिएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिनुपर्नेछ ।
प्रकाशित समय १५:४० बजे

















