गृहपृष्ठ नेपाललाई ‘वेष्ट बोथ अप्रेसनल’ अवार्ड

नेपाललाई ‘वेष्ट बोथ अप्रेसनल’ अवार्ड

तेत्तीसांँै कोरिया वल्र्ड ट्राभल फेयरमा नेपाललले वेष्ट बोथ अप्रेसनल अवार्ड जितेको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित कोइक्स सम्मेलन तथा प्रदर्शनी केन्द्रमा यही जेठ ३१ गतेदेखि असार ३ गतेसम्म आयोजना भएको मेलामा उत्कृष्ट पेभिलेन्स प्रदर्शनी बापत उक्त अवार्ड नेपालले पाएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
मेलामा पर्यटन बोर्डको नेतृत्वमा निजी क्षेत्रका विभिन्न पाँच कम्पनीले सहभागिता जनाएका थिए । पर्यटनको क्षेत्रमा नेपाल उपयुक्त गन्तव्य हो भन्ने कोरियन बजारमा स्पष्ट देखिने गरी प्रबद्र्धन गर्न मेला उपयोगी भएको बोर्डले जनाएको छ ।
अन्तर्राष्ट्रियस्तरको ठूलो मेला मानिने कोरिया वल्र्ड फेयरमा ५० भन्दा बढी देश र ५० आन्तरिक कम्पनीले सहभागिता जनाएका थिए । सो क्रमा आ–आफ्ना पर्यटकीय उत्पादन र गन्तब्यबारे प्रदर्शन तथा प्रवद्र्धनको अवसर मिलेको थियो । मेलाले एक–अर्का देशको व्यापार प्रवद्र्धन र सम्बन्ध विस्तारमा सहयोग पुगेको बताइएको छ ।
दक्षिण कोरियामा ५० प्रतिशत नागरिक बौद्ध धर्माबलम्बी छन् । उनीहरुका लागि नेपाल भगवान गौतमबुद्धको जन्मस्थल तथा महत्वपूर्ण धार्मिक गन्तव्य रहँदै आएको छ । कोरियाली नागरिक प्रायः लुम्बिनी, पोखरा, अन्नपूर्ण पद्यात्रा र सगरमाथा क्षेत्रमा घुम्न आउने गरेका छन् ।
नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ देखि कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्ध रहदै आएको छ भने नेपाल भ्रमणमा आउने कोरियाली पर्यटकहरुको संख्या पनि ठूलो रहेको छ । रोजगारीका क्रममा दक्षिण कोरिया जाने नेपालीको संख्या पनि बढ्दै गएको छ । यसले दुई देशबाीचको सांस्कृतिक निकटता बढाएको देखिन्छ । सन् २०१७ मा १० लाखको हाराहारिमा विदेशी पर्यटक नेपाल आएका थिए भने यी मध्ये ३४ हजार ३०१ कोरियन पर्यटक थिए ।

प्रकाशित समय १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु