गृहपृष्ठ श्वेतपत्रले जनतामा भ्रम छर्न खोज्यो : पूर्व गभर्नर क्षेत्री

श्वेतपत्रले जनतामा भ्रम छर्न खोज्यो : पूर्व गभर्नर क्षेत्री

काठमाडौं ।  पूर्व गभर्नर तथा अर्थविद् दिपेन्द्रबहादुर क्षेत्रीले सरकारले जारी गरेको श्वेतपत्रले जनताहरुलाई भ्रम छर्ने काम मात्र गरेको बताउनुभएको छ ।
सोमबार काठमाडौमा भएको अन्तक्र्रिया कार्यक्रममा उहाँले मुलुकको आर्थिक अवस्था सरकारले भनेजस्तो दुःखद् अवस्थामा नरहेको भन्दै श्वेतपत्रले थप भ्रम छर्न खोजेको दाबी गर्नुभयो । सरकारले शुन्यबाट काम सुरु गरेको देखाउन यस्तो श्वेतपत्र आएको उल्लेख गर्दै पूर्व गभर्नर क्षेत्रीले यसले सरकारलाई नै चूनौति खडा गरेको बताउनुभयो । अपेक्षित राजस्व संकलन नहुनु सरकारको कमजोरी रहेको भन्दै उहाँले प्रशासन यन्त्रलाई चुस्तदुरुस्त बनाउन सरकारलाई समस्या पर्ने दाबी गर्नुभयो ।
सरकारबाट जारी श्वेतपत्रमा उल्लेख बिषय पृष्ठभूमिको खेल हुन सक्ने उहाँको भनाई छ ।

प्रकाशित समय ०८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु