गृहपृष्ठ वडा अध्यक्षहरुद्धारा बोर्ड बैठक बहिष्कार

वडा अध्यक्षहरुद्धारा बोर्ड बैठक बहिष्कार

सिद्धार्थनगर नगरपालिकाका वडा अध्यक्षहरुले बोर्ड बैठक बहिष्कार गरेका छन् । मेयर हरि प्रसाद अधिकारीले वडा समिति तथा वडा अध्यक्षहरुको अधिकार कटौती गरेको भन्दै  बैठक बहिष्कार गरेको वडा अध्यक्षहरुले बताएका छन् ।

बैठक बहिष्कार गर्नेमा वडा नम्बर १ का वडा अध्यक्ष रमेश मल्ल, ४ का मुक्तिनाथ यादव (भोला), वडा नम्बर ६ का बिरेन्द्रनाथ श्रीवास्तव, ७ का भिमसेन कर्माचार्य, ८ का राजन जंग राण, १० का बिजयनाथ धवल, १२ का करन्जन श्रेष्ठ र बोर्ड सदस्य गुमान सिंह सुनार रहेका छन् ।

प्रकाशित समय १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु