गृहपृष्ठ गाैतमबुद्ध विमानस्थल निर्माण अवरोध हट्यो

गाैतमबुद्ध विमानस्थल निर्माण अवरोध हट्यो

प्रदेश सांसदसहितको विरोधमा तीन दिनदेखि निर्माण कार्य ठप्प रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणबाट मुआब्जा वितरणका लागि आयोजनाको बैंक खातामा दुई अर्ब रुपैयाँ आएपछि आन्दोलन स्थगन भएको हो ।
चालू आर्थिक वर्षमा वितरण मन्त्रालयबाट विनियोजित ५ अर्बमध्ये २ अर्ब आयोजनाको खातामा आएको हो । ‘मुआब्जा वितरणका लागि दुई अर्ब रुपैयाँ आइसकेकाले विमानस्थल निर्माण कार्य सुरु भएको छ,’ निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले भने ।
मुआब्जा वितरणका लागि करिब चार सय २५ जनाको फाइल तयार रहेकाले रोलक्रमका आधारमा वितरण गरिने आयोजनाले जनाएको छ । आयोजनाले सर्तबमोजिम मुआब्जा वितरण नगरेको भन्दै जग्गाधनी आन्दोलित भएका थिए ।
आन्दोलनको नेतृत्व गरेका प्रदेश सभा सदस्य सन्तोष पाण्डेयले मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयबाट निकासा भएको ५ अर्ब रुपैयाँमध्ये २ अर्ब रुपैयाँ आइसकेकाले आन्दोलन स्थागित गरिएको बताए । ‘बाँकी तीन अर्ब रुपैयाँ पनि दुई दिनभित्र आउने पर्यटन राज्यमन्त्रीले आश्वासन दिएकाले आन्दोलन स्थगन गरेका हौं,’ उनले भने, ‘आएन भने पुनः सशक्त रुपमा आन्दोलन अगाडि बढाउँछौं ।’

प्रकाशित समय २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु