गृहपृष्ठ लगानी बढाउन प्रधानमन्त्रीकाे अाग्रह
लगानी बढाउन प्रधानमन्त्रीकाे अाग्रह
बेइजिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बैंकको मुख्यालय बेइजिङमा बैंकका अध्यक्ष जेन लिक्युनसँगको भेटमा प्रधानमन्त्री ओलीले जलस्रोत, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।
नेपालमा राजनीतिक स्थिरता कायम भएको र स्थायी सरकार गठन भएको प्रसँग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुगम गन्तव्य रहेको जानकारी गराएका थिए । उनले लगानीकर्तालाई नहच्किन पनि आग्रह गरेका थिए ।
बैंकका अध्यक्ष जेनले प्रधानमन्त्री ओलीको आग्रहलाई सकारात्मक रुपमा लिँदै लगानीका प्राथमिकता निर्धारण गरी नेपालमा लगानी गर्न आफूहरु तयार रहेको र केही परियोजनामा लगानीसमेत गरिसकेको बताएका थिए ।
(रासस)
प्रकाशित समय २०:३७ बजे

















