गृहपृष्ठ कर्णालीको बैठकमा दुईवटा विधेयक पेश

कर्णालीको बैठकमा दुईवटा विधेयक पेश

कर्णाली प्रदेश सरकारको तेईसौं बैठक बुधबार बसेको छ । बैठकमा कर्णाली प्रदेश सरकारकाक अर्थमन्त्री प्रकाशज्वालाले दुईवटा विधेयक पेश गरेका छन् । कर्णाली प्रदेश कर तथा गैरकर राजश्व सम्बन्धि विधेयक, २०७५ तथा कर्णाली प्रदेश वित्तिय हस्तान्तरण व्यवस्थापन सम्बन्धी विधेयक ,२०७५ संसदमा सैद्दान्तिक छलफलका लागी पेश गरेका हुन् ।

कर्णाली कर तथा गैरकर राजश्व सम्बन्धी विधेयक, २०७५ मा भागलिंदै सांसद गणेशप्रसाद सिंहले भने ‘कर्णालीका स्थानीय तहले मनोमानी ढंगले जनताबाट कर उठाईरहेका छन् । यसरी जनताको ढाडै सेक्नेगरी कर उठाउनुभन्दा जनतालाई आंफै कर तिर्न प्रेरित गर्नुपर्दछ ।’ उनले थपे ‘एउटा सामान्य सिफारिसको दुई हजार रुपैयाँ लैजाँदा जनता मर्कामा परेका छन् ।’

त्यस्तै छलफलमा बोल्दै सांसद अम्मरबहादुर थापाले विभिन्न ऐन निर्माण गर्ने तर कार्यान्वयन नगर्ने हो भने ऐन नियमको कुनै अर्थ नहुने बताएका छन् । कर्णाली सरकारका अर्थमन्त्री प्रकाशज्वालाले संसदमा पेशगरेको कर्णाली प्रदेश वित्तीय हस्तान्तरण, व्यवस्थापन सम्बन्धी विधेयक, २०७५ मा सांसद विन्दमान विष्टले भाग लिएका थिए । कर्णाली सरकारको आगामी बैठक असार १४ गते बिहीबार ३ बजेका लागी स्थगीत भएको छ ।

प्रकाशित समय १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु