गृहपृष्ठ ग्लोबल आईएमई र कतारको कमर्सियल बैंकबीच सम्झौता

ग्लोबल आईएमई र कतारको कमर्सियल बैंकबीच सम्झौता

ग्लोबल आईएमई बैंक र कतारस्थित कमर्सियल बैंकबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै कमर्सियल बैंकको कतारमा रहेका ३० भन्दा बढी शाखामार्फत पठाएको पैसा ग्लोबल आईएमर्इको जुनसुकै शाखाबाट लिन सकिने भएको छ ।

बैंकले हाल १२९ शाखा, ५ वटा एक्सटेन्सन काउण्टर तथा ९० शाखारहित बैंकिङ सेवा र ७ हजारभन्दा बढी एजेन्टमार्फत सेवा दिँदै आइरहेको छ । कतारस्थित कमर्सियल बैंक कतारमा रहेका वाणिज्य बैंकमध्येको अग्रणी स्थानमा रहेको बैंक हो । ग्लोबल आइएमई बैंकले रेमिट्यान्सलाई प्राथमिकतामा राखेर १० वर्षदेखि विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।

प्रकाशित समय १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु