गृहपृष्ठ मुक्तिनाथ बैंकले रिनल्टका गाडीमा ६५% सम्म लगानी गर्ने
मुक्तिनाथ बैंकले रिनल्टका गाडीमा ६५% सम्म लगानी गर्ने
मुक्तिनाथ विकास बैंकले रिनल्ट ब्रान्डका विभिन्न मोडेलका सवारी साधनमा ६५ प्रतिशतसम्म लगानी गर्ने भएको छ । बैंकले रिनल्ट कम्पनीको सवारी साधनको अधिकृत विक्रेता विशाल ग्रुपअन्तर्गतको एड्भान्सड अटोमोबाइल्स प्रालिसँग गाडी खरिद मूल्यको ६५ प्रतिशतसम्म लगानी गर्ने सम्झौता गरेको हो । सम्झौतापत्रमा मुक्तिनाथका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र एड्भान्स अटोमोबाइल्सका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय १७:५१ बजे

















