गृहपृष्ठ एसिया प्रशान्त क्षेत्रमा निर्यात भन्सार घटाउँदै चीन
एसिया प्रशान्त क्षेत्रमा निर्यात भन्सार घटाउँदै चीन
विश्वव्यापी व्यापारमा आफ्नो प्रभाब वृद्धि गइरहेको चीनले एसिया प्रशान्त क्षेत्रका मुलुकका लागि निर्यात भन्सार कर कटाउने भएको छ । चीनले भारत, दक्षिण कोरियालगायतका एसियाली मुलुकका लागि निर्यात भन्सार कटाउने निर्णय गरेको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रेस प्रवक्ता काउ फङले चीनको यो कदमले ‘एसिया प्रशान्त व्यापार सन्धी’का सदस्य मुलुक र चीनबीचको व्यापार वृद्धि हुने बताएको सिआरआइले जनाएको छ । फङका अनुसार यसमध्य पनि भट्मासको निर्यात भन्सार कर ३ प्रतिशतदेखि शून्यसम्म घटाइने भएको छ । भन्सार कर घटाउने निर्णयले सदस्य मुलुकका जनताहरु लाभान्वित हुने समेत फङले बताए ।
यही जुलाई १ देखि कार्यान्वयन हुने यस निर्णयबाट ‘एसिया प्रशान्त व्यापार सन्धी’ का चीन, भारत, दक्षिण कोरिया, श्रीलंका, बंगलादेश तथा लाओसले लाभ पाउने छन् । यी राष्ट्रहरुको कुल जनसंख्या ३ अरबको हाराहारीमा रहेको छ । यो सन्धी दक्षिण–दक्षिण सहयोग प्रबद्र्धनको लागि विकासोन्मुख मुलुकहरुबीच बन्दोबस्त गराइएको सुविधाजनक व्यापार हो ।
रासायनिक तत्व कृषि उत्पादित वस्तु, चिकित्सा, लत्ताकपडा, स्टिल तथा आल्मुनियम उत्पादित बस्तुलाई समावेश गराइएको छ ।
प्रकाशित समय ०९:३४ बजे

















