गृहपृष्ठ विवेकशील साझाका उज्वल थापा पक्राउ
विवेकशील साझाका उज्वल थापा पक्राउ
प्रहरीले विवेकशील साझा पार्टीका संयाेजक उज्वल थापासहित ९ जनालार्इ नियन्त्रणमा लिएकाे छ । प्रहरील संयाेजक थापासहित ९ जनालार्इ नियन्त्रणमा लिर्इ वैद्यखानामा राखेकाे छ ।
सरकारले निषेधित क्षेत्र घाेषणा गरेकाे विराेधमा विवेकशील साझाले शनिबार माइतिघरमा प्रदर्शन गरेकाे थियाे । विराेध प्रदर्शनका लागि ताेकिएका ७ स्थान बाहेक अन्य स्थानमा प्रदर्शन नगर्न चेतावनी दिँदै अाएकाे थियाे ।
विराेध प्रदर्शनका लागि सरकारले खुलामञ्च, तीनकुने चौर, भुइँखेल चौर, पेप्सीकोला खेल मैदान, सानो गौचरण, लैनचौर समाज कल्याण परिषद् अगाडि र सिफल चौर ताेकेकाे थियाे । यसैकाे विराेधमा भएकाे विराेध प्रदर्शनमा थापासहितलार्इ नियन्त्रणमा लिइएकाे हाे ।
अधिनायकवादी चरित्र : मिश्र
विवेकशील साझाकै अर्का संयाेजक रविन्द्र मिश्रले सरकारकाे यस कदमलार्इ अधिनायकवादी चरित्र भन्दै टिप्पणी गरेका छन् । उनले ट्वीट गर्दै यस्ताे प्रतिक्रिया जनाएका हुन् । ‘निषेधित क्षेत्र घोषणाको विरोध गर्दा विवेकशील साझाका संयोजक उज्वल थापा, पार्टीका केन्द्रीय सदस्य शशिबिक्रम कार्की र कयौं अरू गिरफ्तार। बिना कारण शान्तिपुर्णरुपमा विरोध गर्न पाउने अधिकार कुण्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत हो।’ मिश्रले ट्वीट गर्दै भनेका छन्।
प्रकाशित समय १४:३३ बजे

















