गृहपृष्ठ सीताको स्वास्थ्यमा सुधार

सीताको स्वास्थ्यमा सुधार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ । श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर गएकी थिइन् ।

जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको बताइएको छ । तीन महिनापछि उनी पुनः जाँचका लागि सिङ्गापुर जानुपर्ने भरतपुर महानगरपालिका प्रमुखसमेत रहेकी दाहाल पुत्री रेणु दाहालले जानकारी दिइन् ।

स्वास्थ्यमा सुधार आएपछि दाहाल दम्पती आज राति काठमाडौं आउने भएका छन् । उनीहरुसंगै गएकी अर्की छोरी गंगा र भतिजा समीर असार १० गते नै नेपाल फर्किसकेका छन्. ।

यसअघि नयाँ दिल्लीमा सीताको उपचार गरिएको थियो । छोरी रेणुका अनुसार भाइ प्रकाशको निधनपछि सीतालाई समस्या देखिएको हो । त्यस अघिसम्म घरायसी सबै काम गर्नसक्ने आमा एकाएक भाइको निधनपछि कमजोर हुँदै गएको रेणुले बताइन् । रेणुका अनुसार सीतालाई उच्च रक्तचाप, मधुमेहजस्ता समस्या रहेको छ ।
(रासस)

प्रकाशित समय १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु