गृहपृष्ठ बारामा १३ हजार टन आँप उत्पादन
बारामा १३ हजार टन आँप उत्पादन
बारामा यो वर्ष ६८ करोड २५ लाख रूपैयाँबराबरको १३ हजार ६५० टन आँप उत्पादन भएको छ । जिल्लामा एक हजार २ सय ५० हेक्टरमा प्रतिहेक्टर १० दशमलव ९२ टन आँप उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिए ।
उत्पादित आँपमध्ये बम्बै ७५, माल्दा ७०, दशहरी ५०, कृष्णाभोग ४० र अन्य आँप ३० देखि ३५ रूपैयाँ प्रतिकिलोसम्ममा बिक्री हुँदै आएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आँप उत्पादन गत वर्षभन्दा बढेको हो । गत वर्ष एक हजार २ सय २५ हेक्टरमा एक हजार २ सय ५ टन आँप फलेको थियो ।
प्रकाशित समय १७:४५ बजे

















