गृहपृष्ठ छलफलमा कांग्रेस, सरकारलाई प्रतिपक्षी दलको शक्ति देखाउने !
छलफलमा कांग्रेस, सरकारलाई प्रतिपक्षी दलको शक्ति देखाउने !
नेपाली कांग्रेसको संसदीय दलको वैठक जारी छ । संसदमा कांग्रेसको भूमिका कमजोर भएको भन्दै चौतर्फी आलोचना भएपछि सो पार्टीका नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा सांसदहरुको भुमिका तथा संसदमा पार्टीको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने भन्ने बारे छलफल भइरहेको कांग्रेसका प्रमुख सचेतक बालकृण खाँडले न्युजकारोबारलाई जानकारी दिए ।
संसदीय दलको बैठकअघि सभापति देउवाले मंगलवार आफ्नै निवास बुढानिलकण्ठमा शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । डेढघण्टा लामो छलफलमा उठेका बिषयबारे छलफल गर्न संसदीय दलको वैठक आह्वान गरिएको हो ।
मंगलवारको बैठकमा चुनावी परिणाम, संगठन सुदृढीकरण र विस्तार, संसदमा प्रतिपक्षी दलको रुपमा कांग्रेसको भुमिका, अनशनरत गंगामाया अधिकारीको बिषय, डा. गोविन्द केसीले उठाएका मुद्धाको सम्बोधन , सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनलगायतका बिषयमा आज पनि छलफल हुने खाँडले बताए ।
प्रकाशित समय १३:०६ बजे
















