गृहपृष्ठ हिमवत् खण्ड कला साहित्य सम्मेलन सुरु
हिमवत् खण्ड कला साहित्य सम्मेलन सुरु
कार्यक्रमबारे पत्रकार सम्मेलन । फाेटाे : सञ्जय श्रेष्ठ/न्युज कारेाबार
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले हिमवत् खण्ड कला साहित्य सम्मेलन यहि असार २९ गते देखि ३१ गते सम्म गर्ने भएको छ । सम्मेलन २९ गते राष्ट्रिय नाचघर जमलमा सुरु भई ३१ गते चन्द्रागिरीको कबर्ड हलमा सम्पन्न हुने आयोजकले जनाएको छ ।
तीन दिन सम्म हुने सम्मेलनमा साहित्य, कला, नाटक, गित, कविता हास्यव्यङ्य लगाएतको कार्यक्रम प्रस्तुत हुनेछ । सम्मेलमा हिमवत् खण्ड भित्र रहेको देश मध्य १३ ओटा देशको सहभागीत सुनिश्चत भएको आयोजकले जानकारी दिएको छ । उक्त सम्मेलनमा बाँकी देशको पनि सहभागीता हुने सम्भावना रहेको प्रतिष्ठानका डा. देवि नेपालले जानकारी दिए ।
सम्मेलन आदिकवि भानु भक्तको २०५ औं जयन्तीको अवसरमा गरिएको हो । कार्यक्रमको बारेमा बोल्दै प्रा. राजेन्द्र सुवेदिले भानुभक्तले सुरु गरेको नेपाली भाषाको इतिहास र साहित्यलाई विश्वभर चिनाउनको लागी यो सम्मलन सुरु गरिएको बताए ।
प्रकाशित समय १७:३३ बजे

















