गृहपृष्ठ न्यायाधीश विवाद संवैधानिक इजलाशमा

न्यायाधीश विवाद संवैधानिक इजलाशमा

सर्वोच्च अदालतले उच्च अदालतका लागि नियुक्त भएका ८० न्यायाधीशको नियुक्तिका विषयमा भएको विवादलाई संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले बिहिबार उच्च अदालतलको ८० न्यायाधीशको नियुक्तिका विषयमा गम्भीर संवैधानिक जटिलता देखिएको हुँदा संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको हो ।

न्याय परिषद्ले लागि २०७३ पुस २९ गते उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । आदेशमा न्याय परिषद् ऐनअनुसार समानुपातिक सिद्धान्तलाई न्यायाधीश नियुक्ति गर्दा नसमेटेकाले संवैधानिक इजलासमा पठाउनैपर्ने आवश्यकता परेको उल्लेख छ ।

दुई वर्षअघि नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेललगायतले यस सन्दर्भमा छुट्टछुट्टै रिट निवेदन दायर गरेका थिए ।

(रासस)

प्रकाशित समय २०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु